चर्चित अभिनेता अनुपम श्यामको निधन

मुम्बई। चलचित्र र टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि मृगौला (किड्नी) को समस्याबाट पीडित थिए ।

मुम्बईको गोरेगाउँस्थित लाइफ लाइन अस्पतालमा उनको उपचार भइरहेको थियो । ‘मनकी आवाज प्रतिज्ञा’ सिरियलमा ठाकुर सज्जन सिंहको भूमिकाबाट उनी चर्चित बनेका थिए ।

चलचित्र निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी दिए । मल्टिपल अर्गन फेलियरका कारण उनको निधन भएको बताउँदै पण्डितले चलचित्र र टिभी उद्योगलाई ठूलो क्षति पुगेको बताएका छन् । गत वर्ष अनुपम श्याम बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । त्यसपछि उनको भाइले आर्थिक अवस्था कमजोर बनेको बताउँदै आर्थिक सहयोग माग गरेका थिए ।

अनुपम श्यामको जन्म सन् १९७५ मा उत्तर प्रदेशको प्रतापगढमा भएको थियो । उनी चलचित्रमा उनी धेरै नेगेटिभ रोलमा देखिन्थे । उनले स्लमडग मिलेनियर, ब्यान्डिट क्वीन, शक्ति, हल्लाबोल, पानसिंह तोमर, लगान, लज्जा, दुश्मन, सत्या आदि चलचित्रमा अभिनय गरेका छन् ।

 

 
 
  
 

You may also like