गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेकी छन् । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले नेपालको वर्तमान सरकार परिवर्तन हुँदा चीनले सकारात्मक रूपमै लिएको बताइन् ।

उनले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैं सकारात्मक रहेको बताइन् । मन्त्री खााणले भेटमा चिनियाँ सरकारले गर्दै आएको मानवीय सहयोगका लागि धन्यवाद दिए । कोभिडविरुद्धको लडाइ र नागरिकको जीवन रक्षाका लागि उपलब्ध गराएको खोपको लागि उनले चिनियाँ सरकारलाई धन्यवाद दिए ।

 
 
  
 

You may also like