लुम्बिनीको विशेष अधिवेशनविरुद्धको रिट सर्वोच्चद्वारा अस्विकार

बुटवल । लुम्बिनी प्रदेशसभाको अधिवेशन स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन अदालतबाट दरपीठ गरी फिर्ता गरिदिएको छ ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ का लागि आह्वान गरेको अधिवेशन स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको थियो । प्रदेशसभाका एक तिहाइ सदस्यहरुको माग भएको भन्दै उनले विशेष अधिवेशन माग गरेका थिए ।

अधिवक्ता प्रवेश केसीले साउन २२ गते अधिवेशन आह्वानविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए । निवेदनमा प्रदेश सरकारको सिफारिस वा प्रदेश सरकारको परामर्शमा मात्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै अन्तरिम आदेशबाट अधिवेशन स्थगनको माग गरिएको थियो । अदालतले रिट हकदैयाको अभाव भन्दै दरपीठ गरिदिएको हो ।

 
 
  
 

You may also like