अन्तर्राष्ट्रिय क्रिकेटबाट पारस खड्काकाे सन्यास

काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । मंगलबार बिहान उनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा शुरु गरेका उनले मंगलबारदेखि त्यसलाई पूर्णविराम लगाएका हुन् ।

पारसले एउटा क्रिकेटरका रुपमा मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेको पनि बताएका छन् ।

‘मेरो जीवनमा मैले देखेको सपना भनेको नै क्रिकेटको उन्नति हो । तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ’, उनले भनेका छन्, ‘इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउने छौं ।’

 
 
  
 

You may also like