पुराना लुगाको तनावमा हुनुहुन्‍छ ? बुटवलमा आयो कपडा बैंक

बुटवल, १६ साउन। “तपाईहरुले दिनुहोस साथ, उज्यालो गराउछौ हरेक गरिबको अँध्यारो रात ” भन्ने मुल कुरा लाइ आत्मसात गर्दै बुटवलमा पनि कपडा बैंक खोलिएको छ ।
राम्रो कामको चर्चा कम हुने तर नराम्रो कामको चर्चा बढी हुने हाम्रो समाजमा पछिल्लो समय सकारात्मक कामको राम्रै चर्चा हुने क्रम बढ्दै गएको छ । गोर्खाली युवा सशक्तीकरण सस्थाले १०० एस अभियान लाई सार्थकता दिदै प्रदेश न ५ को अस्थायी राजधानी बुटवल को नया बसपार्क अगाडी कपडा बैक खोलेका छन्।

समाजमा रहेका आबस्यकता तथा निम्न बर्गका नागरिकहरुलाइ केही सम्म भए पनि सहयोग को महशुस र न्यानो इश्पर्स ल्याउने छ भन्ने उदेश्य ले विहीबार विभिन्न सामाजिक ब्याक्तीत्व जनप्रतिनिधि सरसफाइ अभियान्ता हरु को उपस्थितमा यसको सुरवात गरिएको संयोजक अर्जुन खनाल ले जानाकरी गराए भने अध्यक्ष भरत पुरिले यस कार्यमा सहयोग पुर्याउने सम्पूर्ण संघ सस्था र सहयोगीहरुलाई धन्यवाद दिए ।

यो कपडा बैंकमा पैसामा कारोबार हुँदैन, लेनदेन सित्तैमा हुन्छ। धेरै मान्छे छन् जसले एउटै लुगा वर्षौंसम्म लगाउने गर्दैनन्। नच्यातिएका र लगाउन मिल्ने लुगा पनि अलि पुरानो भएपछि फोहोरमा लगेर फालिरहेका हुन्छन्।
कतिलाई त पुराना कपडा व्‍यवस्थापन गर्न तनाव पनि भइरहेको हुन्छ। युवाहरूको यो अवधारणाले लाउन नपाएकाले कपडा पाउने र व्‍यवस्थापन गर्न चाहनेले तनाव लिनुनपर्ने भएको छ। यस्तो काम देखेपछि बाटोमा हिँड्नेहरू दंग मानेर प्रशंसा गरिरहेका छन् ।

 
 
  
 

You may also like