२०७८ साउन ११ गते सोमबारको तपाईको राशिफल

११ श्रावण २०७८, सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारजनको साथले नयाँ आशा पलाउने छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । छोटो यात्राको योजना बन्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । भक्ति भाव पनि बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफन्तसँग मनमुटाव बढ्ला । स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः स्वस्थप्रति सचेत रहनु होला, तर शेयर बजारको लगानी राम्रो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभारम्भको चर्चा चल्ने छ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ । धार्मिक सभा समारोहमा सरिक हुने सम्भावना छ । शेयर बजारको लगानीले पनि राम्रै लाभ मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज समान हराउन सक्ने छ । आज बन्नु पर्ने काममा व्यवधान आउन सक्छ, तर साँझमा शुभकार्यको चर्चा चल्ने छ र आफन्तको सहानुभूति मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

फेसबुकबाट तपाईको प्रतिक्रिया