लुम्बिनी प्रादेशीक अस्पतालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

बुटवल।लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ५ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुने रुपन्देही र गुल्मीका २/२ जना रहेका छन् भने एक जना प्युठानका रहेका छन्।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा ५ की ३२ वर्षिय महिलाको आज विहान ३.१० बजे र बुटवल ७ का ४४ वर्षिय पुरुषको शनिवार साँझ सवा ६ बजे मृत्यु भएको हो ।

त्यसै गरी गुल्मी इस्माका ७१ वर्षिय पुरुषको आइतबार विहान २.१० बजे र गुल्मीकै चन्द्रकोटका ५६ वर्षिय पुरुषको शनिवार राती साढे ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्ट डा. राजेन्द्र खनालले जानकारी दिए । प्युठानको सुमारानी गाउँपालिकाका ६३ वर्षिय महिलाको शनिवार दिउसो साढे १ बजे मृत्यु भएको छ।

 
 
  
 

You may also like