पर्रोेहा परमेश्वर बोलबम धामको पुनः निर्माणको काम सुरु

बुटवल । रुपन्देहीको सैनामैनामा रहेको पर्रोेहा परमेश्वर बोलबम धामको पुनः निर्माणको काम सुरु भएको छ । सैनामैना नगरपालिकाले धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने गरि गुरुयोजना बनाएर पुनः निर्माणको काम सुरु गरेको हो । आज पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भर्जुअल अनलाईन माध्यमबाट पुनः निर्माणको उद्घाटन गर्दै बोलबम धामको विकासको लागि पुनः निर्माणको काम थालिएको बताउँनुभयो ।

पश्चिमको पशुपति नाथले चिनिएको पर्राेहा धामलाई लुम्बिनी प्रदेश कै प्रमुख धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने गरि पुनः निर्माण गरिने बताउँनुभयो । नेकपा एमालेका उपमहासचिब समेत रहनु भएका पौडेलले धामको विकासको लागि गुरुयोजनाको निर्माण भएको र सोही अनुसारको विकास गरिने पौडेलले दाबी गर्नुभयो । गुरुयोजना पुरा गर्नेका लागि स्थानीय , जनप्रतिनिधि , राजनीतिक दलहरुको साथ र आवश्यकता रहेको उँहाले बताउँनुभयो ।

विकासका दृष्टिकोणले सैनामैनालाई पछि पर्न नदिने पौडेलले बताउँदै ब्यवस्थित र आधुनिक शहरको रुपमा विकास गरिने दाबी गर्नुभयो । बोलबम धाम क्षेत्रको समग्र विकास गर्ने गरि गुरुयोजना तयार गरि पहिलो चरणमा मन्दिरलाई पुनःनिर्माणको काम सुरु भएको सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । बहुवर्षिया ठेक्का लगाएको र २ वर्षमा पहिलो चरणको काम सम्पन्न हुने बताउँनुभयो । पहिलो चरणमा धामको पुनः निर्माणको लागि ६ करोड ५७ लाखमा ७० प्रतिशत संघीय र ३० प्रतिशत स्थानीय सरकारको लागत साझेदारीमा बोलबम क्षेत्र विकास परियोजना स्विकृत भएको बताउँनुभयो ।

दोश्रो चरणमा ८ करोडको लगानीमा थप निर्माण हुने गरि बोलबम क्षेत्र विकास कोष खडा गर्ने गरि विकास गर्ने कार्कीले बताउँनुभयो । धामको देश–विदेशका हिन्दु धर्मालम्बि ल्याउने गरि विकास गरिने कार्कीले दाबी गर्नुभयो ।

मन्दिर क्षेत्रमा जिर्ण ,अब्यवस्थित रहेका संरचना हटाई नँया निर्माण गर्ने र बाँकी संरचनाहरुको उचित ब्यवस्थापन गर्नको लागि गूरुयोजना निर्माण गरिएको सैनामैना नगरपालिका योजना शाखाका प्रमुख ईन्जिनियर सुरज न्यौंपानेले जानकारी दिनुभयो । २३ कठ्ठा जग्गामा गुरुयोजना तयार भएको र प्यागोडा शैलिको कलात्मक काठ , ढुङ्गा ,ईट्टाको प्रयोग भई दुई तामाको छाना सहित मूल मन्दिरको निर्माण हुने उँहाले जानकारी दिनुभयो । मूल मन्दिर ५४ फिटको हुने छ, भने ५७ फिटको त्रिशुल डमरुको निर्माण गरिने छ । मन्दिरको पुनःनिर्माणको लागि धर्म–आर आर जेभिसँग २०७९ साल मंसिर २९ सम्म निर्माण कार्य सम्पन्न हुने गरि ठेक्का सम्झांैता भएको न्यौंपानले जानकारी दिनुभयो ।

 

 
 
  
 

You may also like