सैनामैनामा १५ शैंया अस्पतालको शिलान्याश

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा १५ शैंयाको आधारभूत अस्पताल निर्माणको काम सुरु भएको छ । ५० शैंया क्षमतामा सञ्चालन गर्न सक्ने गरि पुर्वाधारको डिजाईन गरि निर्माण कार्य सुरु भएको हो ।

प्रत्येक पालिकामा एक–एक वटा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको योजना अनुसार अस्पताल निर्माणको काम सुरु भएको सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

अस्पतालको आज शिलान्याश गर्दै उँहाले २ वर्ष भित्र सक्ने गरि ठेक्का सम्झौंता भएको जानकारी दिनुभयो । अस्पताल मुर्गियामा रहेको कृषि तथा पशु कार्यालयको खाली जग्गामा बन्दै छ । पहिले नै अस्पताल निर्माणको काम सुरु गर्नू पर्ने भएपनि १५ शैंयाको अस्पताललाई ५० शैंयाको क्षमताको निर्माण गर्ने गरि रि–डिजाईन गराउँदा ढिलाई भएको र बहुवर्षिया ठेक्का प्रक्रिया पुरा गरेर निर्माण सुरु गरिएको कार्कीले जानकारी दिनुभयो ।

कोरोनाको संक्रमण समयमा स्वास्थ्य सामाग्री र उपकरण जुटाउन सफल भएको उँहाले जानकारी दिनुभयो । निर्माण हुने अस्पताल भवन भित्र बहिरङ्ग विभाग( ओपीडी) अन्तरङ्ग विभाग , आपिडी, अपरेशन थियटर, इमरजेन्सी, प्रसुति सेवा लगायतका इकाई रहने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउँनुभयो ।

अस्पताल निर्माणको लागि श्याम सुन्दर बुटवललाई ११ करोड ३६ लाख २४ हजारमा ठेक्का सम्झौंता भएको सैनामैना नगरपालिका योजना शाखाका प्रमुख ईन्जिनियर सुरज न्यौंपानेले जानकारी दिनुभयो । असार ७ गते ठेक्का सम्झौंता भएको र २०८० साल साउन १० गते भित्र अस्पतालको भवन निर्माण हुने उँहाले बताउँनुभयो ।

 
 
  
 

You may also like