तिलोत्तमाको जानकीनगरमा रक्तदान , एकैदिन १२५ युनिट रगत संकलन

बुटवल।नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा र सगरमाथा टोल विकास संस्था संयुक्त आयोजनामा शनिबार वृहत रक्तदान गरिएको छ ।

तिलोत्तमा नगरपालिकाको जानकीनगरमा गरिएको रक्तदान कार्यक्रमको रुपन्देही जिल्लाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले उद्घाटन गर्दै टोलटोलमा रक्तदानको अभियानलाई युवाहरुमार्फत शुरुवात चलाउन थालिएको बताए ।

कार्यक्रममा वडा नं २ का वडा सदस्य श्यामलाल क्षेत्री, नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाका सभापति टेक बहादुर थापा, शाखाका अध्यक्ष अर्जुन पौडेल, रक्तदाता समाज तिलोत्तमा शाखा गोबिन्द भुषाल, जागृति युवन क्लबका अध्यक्ष विदुर केसीले सबैको सहयोगमा रक्तदानसगै अन्य सामाजिक कार्य गर्न आफुहरु तयार रहेको बताए ।

कार्यक्रम संयोजक हिम्मत गैरे १ सय २५ युनिट रगत संकलन भएको बताए ।

तिलोत्तमाको जानकीनगरमा रक्तदान , एकैदिन १२५ युनिट रगत संकलन

बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखा र सगरमाथा टाेल विकास संस्थाकाे संयुक्त आयाेजनामा सम्पन्न बृहत् रक्तदान कार्यक्रममा १२५ जनाले रक्तदान गरेका छन।सगरमाथा टाेल विकास संस्थाकाे अध्यक्ष अर्जुन पाैडेलकाे अध्यक्ष्ातामा सम्मपन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखा अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण चाैहान क्षेत्री थिए।

रक्तदान अभियानलाई गाउँ गाउँ टाेल टाेलमा फैलाउने अभियान अन्तर्गत याे कार्यक्रम सम्पन्न गरिएकाे हाे,आजकाे कार्यक्रममा धेरै रक्तदाता पहिलाे पटक रक्तदान गर्ने थिए।

अहिले ब्लड बैंकमा B पाेजिटिभ लगायत अन्य केही रक्तसमुह अभाव भएकाे हुँदा याे कार्यक्रमले ठुलाे मद्दत पुग्ने बताए।

तिलाेत्तमा शाखा यहि २०७८ बैशाखमा स्थापना भएपनि अहिलेसम्म झन्डै ४ सय युनिट रगत ब्लड बैकलाई हस्तान्तरण गरिएकाे अध्यक्ष गाेविन्द भुसालले बताए।

कार्यक्रममा प्रायाेजन गर्ने सि हर्स ट्रेडर्सका प्राेप्राईटर साेम थापा र हाेम थापालाई लाई सम्मान गरिएकाे थियाे।

कार्यक्रममा सहभागी भै रक्तदान गर्नुहुने सबैलाई धन्यबाद दिदै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तर्ता दिने कार्यक्रमका अध्यक्ष अर्जुन पाैडेलले बताए।

कार्यक्रममा नेपाल रेडक्रस साेसाईटि मणिग्राम उपशाखा अध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाका सल्लाहकार टेक बहादुर थापा,सल्लाहकार बेल प्रसाद शर्मा,वार्ड सदस्य श्यामलाल खत्रीको समेत सहभागीता थियाे।

 
 
  
 

You may also like