रुपन्देहीमा थपिए ५१ जना संक्रमित

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ५१ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टाको अवधिमा ४०७ जनाको कोरोना परीक्षण गरिएको थियो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १८ जना, तिलोत्तमा नगरपालिकामा १४ जना, देवदह नगरपालिकामा १० जना, सैनामैना नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिका ३ जना, शुधोधन गाउँपालिकामा २ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान नगएको कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म ५०६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३५९ रहेको छन्।

 
 
  
 

You may also like