एनसेल र नेपाल टेलीकमका टावरमा आगजनी

बुटवल।गएराति देशका बिभिन्न स्थानमा एनसेल र नेपाल टेलीकमका टावरमा आगजनी भएको छ । रुपन्देहीको लुम्विनी सास्कृति नगरपालिकाको वडा नम्वर ११ स्थित धुपही,अर्घाखाँचिको पाणिनि गाउँपालिका वडा नम्बर ५ मैदानको अमजा,पुर्वि नवलपरासीको कावासोति १० मगरकोट, ललितपुरको कोञ्जोसोम गाउँपालिका शङखु, कैलालीको धनगढी उप–महानगरपालिको –६ जाली, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ भोटेचौरलगायतका स्थानका टावरमा गएराति आगजनी भएको हो ।

आगजनी कस्ले गर्यो एकिन भएको छैन । एनसेलले सरकारलाई तिर्नुपर्ने सबै कर नतिरेको भन्दै विप्लव नेतृत्वको नेकपाले केही समयअघि बिभिन्न स्थानका एनसेलका टावरमाथी आगजनी गरेकाले गएराति पनि त्यही दल समुहका कार्यकर्ताले आगजनी गरेको आशंका प्रहरीले गरेको छ ।
धेरै ठाउमा एनसेलका टावरमा आगजनी भएपनि अर्घाखाचीको पाणीनिमा नेपाल टेलिकमको टावरमा लागजनी भएको छ ।

 
 
  
 

You may also like