कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा विहान ९ बजेपछि बैठक बस्दै छ ।

पार्टीको १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका सन्दर्भमा शुक्रबारदेखि काँंग्रेस शीर्षस्थ नेताहरु बैठक जारी छ । आउँदो भर्दौ १६ गतेका लागि तय गरिएको महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएपछि त्यसको निकासका लागि नेताहरु छलफलमा छन् । कांंग्रेसले वडा तहको अधिवेशन यही १२ साउनबाट शुरु गर्ने गरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ ।

अब कांग्रेसको वडा तहको अधिवेशन साउन अन्तिममा गर्ने गरी सार्ने तयारी गरिएको छ । तर मिति भने तय भइसकेको छैन । १६ भदौमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका परिमार्जन गर्ने वा अधिवेशनको प्रक्रिया छोट्याउने भन्नेमा कांग्रेसमा छलफल चलिरहेको छ । शुक्रबारको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले भदौं १६ मा कुनै हालतमा महाधिवेशन गर्नेगरी तयारीमा जुट्न निर्देशन दिएका थिए ।

 

 
 
  
 

You may also like