आजदेखि खुल्यो लामो दूरीका सार्वजनिक यातायात

काठमाडौं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात पनि खुला भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले स्वास्थ्य मापदण्ड पुर्‍याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् ।

विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सवारी लामो दूरीका सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्ने सूचना जारी गरेको थियो ।

प्रशासनले यात्रुलाई अनिवार्य रुपमा काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न अनुरोध गरेको छ भने यातायात व्यवसायीहरुलाई पनि स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन दिएको छ ।

 
 
  
 

You may also like