जबई रंगशाला निमार्ण ढिलाई

बुटवल ।प्रदेशको गौरबको आयोजनाका रुपमा रहेको निमार्णधिन उजिरसिह रंगशाला स्थित भुपु सैनिक जवाई स्पोर्टिङ क्लबले शुक्रबार लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य सचिव तथा सदस्यहरुलाई स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।

क्लबका अध्यक्ष गोपीराम पुन, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका निवर्तमान अध्यक्ष योग गुरुङ, बुटवल उपमहानगरपालिका वडा नं. १३ वडाअध्यक्ष नारायण पुन, क्लबका महासचिव चित्र बहादुर थापा, नेपाली काग्रेस वडा वुथ सभापति पुरुषोत्तम बश्यालले लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य सचिव भिम वली, कोषाध्यक्ष कृष्ण देवकोटा, सदस्य उमा अधिकारी, कुष्ण कुमाल, सन्दिप चापागाईलाई बधाई तथा स्वागत कार्यक्रम गरेका हुन ।

लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य सचिव भिम वलीले एकै पटक शुरु भएको प्रदेशको गौरवको आयोजनामध्ये उजिरसिहको काम डिपिआरमा रोकिएको भन्दै अब काम अघि बढ्ने बताए । जिल्ला खेलकुद विकास समिति रुपन्देहीका निवर्तमान अध्यक्ष योग गुरुङले नेतृत्व नहुदा विकासको गति रोकिएको भन्दै प्रदेशको परिषदमा उर्जावान नेतृत्व प्रवेश हुदा काम अघि बढ्ने बताए ।

यता बुटवल उपमहानगरपालिकाका नगर योजना आयोगका सदस्य सचिव मेघराज भट्टराईले प्राविधिक कारणले काम ढिलाई भएको बताए । प्रदेश र स्थानिय सरकारको सहकार्यमा कामलाई तिब्रता दिईने बताए ।

ढाई वर्षअघि शुरु भएको कामको जग्गा प्राप्तीका लागि काम चलिरहेको भन्दै डिपिआर र ईआईए सम्पन्न भइसकेको उनले बताए । करीब ३८ करोडको आयोजनाको टेण्डर छिटै हुने उनले बताए ।

 
 
  
 

You may also like