१,६७८ ले जिते कोरोना, २,९७७ नयाँ थपिए, १८ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १,६७८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै सोही अवधिमा देशभर २,९७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १७ हजार ३०८ जनाको स्वाब परीक्षण गर्दा सो २,९७७ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर १३ हजार ६९८ जनाको गर्दा १९८२ जनामा संक्रमण पुष्टि भएको छ भने ३६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । यस्तै बितेको २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ६७९ पुगेको छ ।

 

 
 
  
 

You may also like