२०७८ साउन ८ गते शुक्रबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ कार्यको योजना बन्ने । धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । साँझमा अधिक धन खर्च भने हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिने छ । सन्तान सुख मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक सद्भाव बढ्ला, तर खर्च पनि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । नयाँ कार्यको योजना समेत बन्ने छ । विपरीत वर्ग प्रति आकर्षण बढ्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग पनि मिल्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
महत्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहने छ । आर्थिक संकटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like