‘संसद विघटन सहि थियो, अदालतको फैसला गलत, यो कुरा जनताको बीचमा लैजान्छौं-प्रदिप ज्ञवाली

काठमाडौ। नेकपा एमालेले सर्वोच्चको फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खलबल्याएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीलाई आँच पुराएको निष्कर्ष निकालेको छ ।

बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले ४ वटा विशेष प्रस्ताव पारित गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन प्रकरणमा सर्वोच्च अदालतको फैसलाबारे पार्टीको दृष्टिकोण तय गरेको हो ।

संसद विघटन सहि भए पनि अदातलको फैसलाले संविधानलाई नै कमजोर पार्न खोजेपनि न्यायपालीकाको फैसलालाई स्वीकार गरेर अघि बढ्ने निर्णय गरिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले भने,‘ अदातलको फैसलाले संविधानलाई नै कमजोर पार्न खोजेपनि न्यायपालीकाको फैसलालाई स्वीकार गरेर अघि बढ्ने, तर यो कुरा जनताको बीचमा लाने निर्णय भएको छ ।’

त्यस्तै बैठकले अध्यक्ष केपी ओलीको नेतृत्वमा सञ्चालित ४१ महिनाको समीक्षा गरेको छ । अनेकौ प्रतिकुलताबीच पनि सरकारले ऐतिहासिक कामहरु गरेको ठहर गरेको उहाले बताउनुभयो । संघीयतालाई कार्यान्वयन गरेको, नयाँ नक्सा प्रकाशन गरेको, पृथकतावादको अन्त्य गरेको, कोभिडका बीच पनि खोप सुनिश्चित गरेको र सोहि उपलव्धी लिएर जनतामाझ जाने ज्ञवालीले बताए ।

त्यस्तै पार्टी प्रतिपक्षमा पुगेको अवस्थामा सशक्त भूमिका निर्वाह गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको छ भने सिंगो पार्टी पंक्तिलाई अहिलेको प्रतिकुल अवस्थाबाट निराश नहुन आग्रह गर्दै सक्रियतापूवर्क पार्टीको काममा लाग्न नेता कार्यकर्तालाई आह्वान गर्ने प्रस्ताव पनि पारित भएको प्रवक्ता ज्ञवालीले बताए ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि हरसम्भव प्रयास गरिने बताएको थियो । बैठकमा महासचिव ईश्वर पोखरेलले प्रदेश अध्यक्षको रिपोर्टीङको जवाफ दिनुभएको थियो । बैठक बिहीबार तीन बजे पुन बस्ने प्रवक्ता ज्ञवालीले बताए ।

 
 
  
 

You may also like