एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बुधबार) पनि बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।
यसअघि मंगलबार बसेको बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानका लागि गठित कार्यदलले गरेका कामबारे ब्रिफिङ भएको थियो ।

केपी शर्मा ओली पक्षको कार्यदलका संयोजक सुवास नेम्वाङले कार्यदलमा भएको कामबारे ब्रिफ्रिङ गरेका थिए । यस्तै बैठकमा प्रदेश कमिटीका अध्यक्षहरूले एमालेको संगठनात्मक अवस्था, केही नेताले पार्टी छाडे पर्नसक्ने प्रभाव, आसन्न निर्वाचन पार्टीको रणनीतिलगायत विषयमा ब्रिफिङ र सुझाव दिएका थिए ।

बैठकमा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा, कर्णाली अध्यक्ष गोरख बोगटी, लुम्बिनी अध्यक्ष लिला गिरी, गण्डकी अध्यक्ष जगत विश्वकर्मा, वाग्मती अध्यक्ष आनन्द पोखरेल, प्रदेश–२ अध्यक्ष ज्वालाकुमारी साह र प्रदेश–१ अध्यक्ष देवराज घिमिरेले आ–आफ्नो प्रदेशको संगठनात्मक अवस्था, राजनीतिक शक्ति सन्तुलनको अवस्था र पार्टी गतिविधिको सम्बन्धमा रिर्पोटिङ गरेका थिए ।

 

 
 
  
 

You may also like