रोट्रयाक्ट बुटबल साउथको पद हस्तान्तरण सम्पन्न

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटबल साउथको १८ आंै पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष कृष्ण भुषालले अध्यक्ष अमृत भुषाललाई पद हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा कृष्ण भुषालले आफूले एक बर्षभित्रमा गरेका कामहरुको समीक्षा गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । भुषालले क्लबलाई अगामी दिनमा थप व्यवस्थित बनाई नयाँ योजनाहरु संचालन गर्न आग्रह गर्नुभयो । नवनिर्वाचित अध्यक्ष अमृत भुषालले क्लबले संचालन गर्दै आएका ठुला प्रोजेक्टहरुलाई निरन्तरता दिंदै अहिलेको वर्ष शिक्षा, स्वास्थ्यलाई प्राथकितामा राखि नयाँ योजनाहरु संचालन गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिकका आगामी अध्यक्ष राजेन्द्र ध्वजुले सामाजिक क्षेत्रमा रोट्रयाक्टले खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रम लक्ष्मण खरेल, धु्रव धिताल, लोकराज पाण्डे, कृष्ण पाण्डे, सुविन खड्का, भुपेन पाण्डेलगायतले मन्तव्य राखेका थिए ।

 
 
  
 

You may also like