ओली समूहविरुद्ध बाबुराम भट्टराईको कटाक्ष : पुच्छर केहीबेर फिटीफिटी गर्छ

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समूहविरुद्ध कडा कटाक्ष प्रहार गरेका छन् ।

ओली सत्ताच्युत भइसकेपछि सडकमा प्रदर्शन तथा लुम्बिनी प्रदेशमा गरिएको संसद् अधिवेशन अन्त्य– खसीको टाउको छिनाली सकेपछि केहीबेर पुच्छर फिटीफिटी गरे जस्तै भएको टिप्पणी डा. भट्टराईले गरेका छन् ।

‘खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ,’ विपक्षी गठबन्धनमा आबद्ध पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले आज (शुक्रबार) बिहानै सामाजिक सञ्जालमा लेखेका छन्, ‘ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ ।’

आफू सत्ताको नेतृत्वनमा नरहे आकाशै खस्छ जस्तो गर्ने ओली प्रवृत्ति हिटलरी तानाशाहसँग मिल्दोजुल्दो भएको आक्रोश पनि उनले पोखेका छन् । उनले लेखेका छन्, ‘आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओली प्रवृत्ति हिट्लरी नाजीवाद÷फासीवादसँग मिल्दोजुल्दो छ, जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो ।’

 
 
  
 

You may also like