डा. बाबुराम भट्टराई र विप्लवबीच भेटवार्ता

काठमाडौं । जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

भट्टराई निवासमा भएको भेटवार्तामा भट्टराई पत्नी हिसिला यमी र माओवादीका अर्का नेता धर्मेन्द्र बाँस्तोलाको उपस्थिति थियो । राजनीतिक विषयमा छलफल भएको बताएको छ ।

पछिल्लो समयमा राजनीतिक भेटघाटमा सक्रिय रहेका विप्लवले आज भट्टराईलाई भेटेका हुन् । हिजो एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए । भट्टराईका प्रेस सल्लाकार विश्वदिप पाण्डेले ट्वीट गर्दै द्वन्द्वको समयको फोटो समेत पोष्ट गर्दै लेखेका छन्, ‘निकै लामो समयपछि आजको राजनीतिक अन्तरङ्ग भेट्घाट !’

 
 
  
 

You may also like