मन्त्रिपरिषद बैठक : संसद बैठक साउन ३ गते बोलाउन सिफारिस, दुई आयोगको म्याद थपियो

काठमाडौं । सरकारले आउँदो साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते बोलाउन राष्ट्रपति समक्ष सिफरिस गरेको हो ।

सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको हो । यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको बैठकपछि गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

 
 
  
 

You may also like