सेतेभीरबाट मोटरसाइकल खस्दा इलाममा वडा सदस्यको मृत्यु

इलाम। मोटरसाइकल दुर्घटनामा परी इलाममा एक वडा सदस्यको ज्यान गएको छ । बुधबार साँझ दुर्घटनामा परेका ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो ।

इलामको माङसेबुङ गाउँपालिका–४, मार्चेबुङका सदस्य राई दमक–रवि सडक खण्डमा दुर्घटनामा परेका हुन् । आफैले चलाएको मे८प ६०४ नम्बरको मोटरसाइकलबाट घरतर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई रतुवा पुल नजिक सेतेभिरबाट अन्दाजी करिब १०० मिटर तल झर्दा उनको टाउकोमा चोट देखिएको थियो ।

सख्त घाइते भएका राईलाई उपचारका लागि झापाको बीएन्डसी अस्पताल लगिएको थियो । अस्पताल पु¥याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए । शव हाल बीएन्डसी अस्पतालको शवगृहमा राखिएको बताइएको छ । रासस

 
 
  
 

You may also like