सामाजिक सुरक्षा भत्ताको ३९ लाख सचिवको कोठाबाटै चोरी

बझाङ । बझाङको बुङ्गल नगरपालिका–९ र ११ को सामाजिक सुरक्षा भत्ता वापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख मङ्गलबार राति चोरी भएको बताइएको छ ।

सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएको र पैसा पनि त्यहींबाट चोरी भएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ । पैसा राखिएको दराज समेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीयवासी खड्क बोहराले बताए ।

वडा सचिव महतोसहित घर मालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको बताए ।

उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेका र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ । करिब रु २१ लाख ९१ हजार वितरण गरिसकेको र रु ३९ लाख वितरण गर्नका लागि राखिएको जनाइएको छ ।

 
 
  
 

You may also like