शंकर पोखरेलको प्रस्ताव : सर्वोच्चको फैसलाले पार्ने असरबारे वहस गरौं

काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको आदेशले पार्ने असरको विषयमा बहस शुरु गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

सामाजिक सञ्जालमार्फत् नेता पोखरेलले सर्वोच्चको फैसलाले संसदीय व्यवस्था, दलिय प्रणाली र सुशासनमा पर्नसक्ने असरका वारेमा बहस हुनुपर्ने बताएका हुन् ।

गएको सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनलाई बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । जुन आदेशको एमाले ओली खेमाले यतिबेला तीव्र विरोध गरिरहेको छ ।
सर्वोच्चको आदेशको विरोधमा ओली पक्षका कार्यकर्ताले देशका विभिन्न स्थानमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको पुत्ला समेत जलाएका छन् ।

‘सर्वोच्चको संवैधानिक इजलासबाट भएको फैसलाका कारणले संसदीय व्यवस्था, दलीय प्रणाली र सुशासनमा पर्नसक्ने असरका वारेमा बहस सुरु गरौं,’ पोखरेलले फेसबुकमा लेखेका छन् ।

 

 
 
  
 

You may also like