विपक्षी दल राष्ट्रिय जनमोर्चा सरकारमा नजाने

काठमाडौं । विपक्षी गठबन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ । आज (बुधबार) बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

बाहिरबाटै देउवा सरकारलाई पार्टीको समर्थन रहने जानकारी दिंदै उपाध्यक्ष पौडेलले भनिन्, ‘तर अहिले हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।’

प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ । एक मात्र सांसद दुर्गा पौडेलले कांग्रेस माओवादी जसपा गठबन्धनमा साथ दिंदै आएकी थिइन् । उनलाई सरकारमा सहभागी हुने गठबन्धनका नेताहरुले आग्रह गरेका थिए । तर, पार्टीले सरकारमा नगई बाहिरैबाट समर्थन गर्ने निर्णय गरेको हो ।

 
 
  
 

You may also like