खाल्डोमा डुबेर बालिकाको मृत्यु

काठमाडौं। सिरहामा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका ३ का राजदेव ठाकुरकी ८ वर्षीय छोरी नितुकुमारी शर्माको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

हराएको हाँस खोजी गर्न गएकी बालिका धेरैबेरसम्म् घर नआएपछि आमा र स्थानीयले खोजी गर्दै जाँदा नजिकै खाल्डोमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलाय सिरहाले जनाएको छ ।

बालिकालाई उपचारको लागि स्वास्थ्य चौकी बरियारपट्टी पुर्‍याइए पनि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।

 
 
  
 

You may also like