कोरोनाबाट साउदीमा थप १२ नेपालीको मृत्यु

विश्वका २८ देशमा रहेका ४४७ नेपालीको कोरोनाबाट गयो ज्यान
काठमाडौं।
कोरोना भाइरस संक्रमणबाट साउदीमा गएको चार हप्तामा थप १२ नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार गएको चार हप्तामा थप १२ नेपालीले साउदीमा कोरोनाबाट ज्यान गुमाएका हुन् ।

सङ्घले सङ्कलन गरेको तथ्याङ्क अनुसार भारतसहित विश्वभरका २८ देशमा रहेका ४४७ जना नेपालीले अहिलेसम्म कोरोनाबाट ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशका ५४ देशमा एक लाख १६ हजार ६० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये एक लाख ११ हजार ४७ जना कोरोनामुक्त भएका छन् ।

सङ्घका अनुसार गएका चार सातामा अस्ट्रेलिया, साउदी अरब, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घले कोरोना महामारी शुरु भएदेखि नै विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा कोरोना सङ्क्रमित नेपालीको तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।

 
 
  
 

You may also like