एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएकाले बैठक स्थगित गरिएको पार्टी कार्यलयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि स्थायी कमिटीको बैठक १ बजेका लागि बोलाइएको थियो । एमाले कार्यदलमा १० बुँदे सहमति भएपछि स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको थियो ।

 
 
  
 

You may also like