भोलिदेखि देशभर जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइने

काठमाडौं। चीनबाट भेरोसेल र अमेरिकाबाट जोन्सन एन्ड जोन्सन खोप आइपुगे लगत्तै सरकारले भोलि (असार २९ गते) देखि खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज (सोमबार) बसेको बैठकले मंगलबारदेखि दुबै खोप लगाइन शुरु गर्ने निर्णय गरेको छ । सरकारको निर्णयअनुसार भेरोसेललाई ५५ वर्ष माथिकाले लगाउन पाउने छन् भने, जोन्सन एन्ड जोन्सनलाई ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले लगाउन पाउने जनाइएको छ ।

भेरोसेल ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई लगाइने भएको छ ।

जोन्सन एन्ड जोन्सन चाहिँ ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशंक अपांग भएकालाई, नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई, स्वास्थ्यकर्मीलाई लगाइने भएको छ । खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ ।

 
 
  
 

You may also like