लुम्बिनीमा पर्यटक आगमनमा कमी

by समतल अनलाइन

लुम्बिनी । पाँच नम्बर प्रदेश सरकारले लुम्बिनी पर्यटन प्रबद्र्धनका लागि लुम्बिनी भ्रमण २०७६ मनाईरहेको बेला अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा स्वदेशी तथा बिदेशी पर्यटक आगमनमा कमी आएको छ ।

निर्माणाधीन लुम्बिनी भैरहवा सडकका कारण सन २०१८ को सेप्टेम्बर महिनाको तुलनामा सन २०१९ को सेप्टेम्बर महिनामा आन्तरिक तथा बाह्य पर्यटकको लुम्बिनी आगमनमा कमी आएको हो ।

लुम्बिनी बिकास कोष स्थित सूचनाशाखाले सार्बजनिक गरेको मासिक तथ्याँक अनुसार सन २०१८को सेप्टेम्बरमा ६१ देशका १२ हजार सन २०१९ को सेप्टेम्बरमा ५४ देशका आठ हजार ६ सय २७ जना मात्र आए पछि बिदेशी पर्यटकको लुम्बिनी आगमनमा ६१ दशमलव ६७ प्रतिशत गिरावट आएको छ ।

त्यस्तै आन्तरिक पर्यटक मध्ये सन २०१८ को सेप्टेम्बरमा २६ हजार पाँचसय ९० जना नेपाली पर्यटकहरु लुम्बिनी दर्शन गरेकोमा सन २०१९ को सेप्टेम्बरमा २२ हजार सात सय ५३ जना स्वदेशी पर्यटक मात्र लुम्बिनी झर्दा गतबर्ष सेप्टेम्बर महिनाको तुलनामा यसबर्षको सेप्टेम्बर महिनामा १४ दशमलव ४३ प्रतिशत कमी आएको तथ्याँकमा उल्लेख छ ।

यसै गरि आन्तरिक पर्यटककै श्रेणीमा पर्ने भारतीय पर्यटकहरु सन २०१८ को सेप्टेम्बरमा आठ हजार तीनस ४१ जना लुम्बिनी भ्रमण गरेकोमा सन २०१९ को सेप्टेम्बरमा आठ हजार आठसय ५१ जना ईण्डियन पर्यटक लुम्बिनी अवलोकन गर्दा गतबर्षको तुलनामा यस बर्षको सेप्टेम्बर महिनामा पाँच दशमलव ७८ प्रतिशत कमी आएको कोष स्थित सूचनाशाखाले जनाएको छ ।

पर्यटक पाहुनाहरुको लुम्बिनी आगमनमा कमी आए पछि कोषले उठाउदै आएको गाडी पार्किङ्गशुल्क, क्याराशुल्क,लुम्बिनी संरक्षणशुल्क म्युजियमशुल्क वापत उठने राजस्व समेत घटेको कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले बताए ।

यसरी लुम्बिनीमा पर्यटकहरु घटन थाले पछि लुम्बिनी वरिपरि खुलेका एकसय भन्दा बढी होटेल रेष्ट्रोरेण्ट,चमेनागृह,फलफूल ब्यवसायी समेतको ब्यापारमा कमी आएको लुम्बिनी पर्यटन ब्यवसायी सँघका अध्यक्ष हुसेनी लोधको भनाई छ ।

 
 
  
 

You may also like