ईटलीद्वारा युरोकप जित, ईगंल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित

काठमाडौ । ईटलीले ईगंल्याण्डसंगको ३४ औं पटकको प्रतिस्पर्धामा उसकै गृह मैदानमा पराजित गरी युरोकप जित्न सफल भएको छ। सोमबार बिहान भएको युरोकप फुटबलको फाईनलमा ईटलीले पेनाल्टी सुट आउटको माध्यमबाट उपाधि जितेको थियो। ईगंल्याण्ड र ईटली दुबै पक्षबाट एक एक गोल भई बराबरीको स्थितिमा रहेको खेललाई पेनाल्टी सुट आउटद्वारा छिनोफानो गरिएको थियो। ईटलीले ईगंल्याण्डलाई पेनाल्टी सुटआउटमा २ गोलका विरुध्द ३ गोलले जितेको थियो। यसरि घरेलु टिम ५५ वर्षपछि पहिलो पल्ट अन्तराष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने अवसरबाट चुकेको छ।

ईगंल्याण्डले सन १९६६ मा विश्कप फुटबल जितेपछि अन्तराष्ट्रिय फुटबल प्रतियोगिता जित्न सकेको थिएन। ईटलीले भने सन १९६८ पछि दोश्रो पटक युरोकप जित्न सफल भएको छ। यसैगरी सन २००६ मा विश्वकप फुटबल जितेपछि ईटलीले जितेको यो अर्को महत्वपूर्ण उपाधि हुन पुग्यो।

यसअघि सो खेल सुरु भएको दोश्रो मिनेटमै ईगल्याण्डले गोलगरी अग्रता लिएको थियो भने खेलको ६७ औं मिनेटमा ईटलीले गोल फर्काएको थियो।

 
 
  
 

You may also like