“सम्झनामा अम्लाबासका माधब घिमिरे ः जसले ग्रामीण क्षेत्रको बन र कृषीमा योगदान दिए ”

बुटवल । पाल्पा जिल्लाको पश्चिम क्षेत्र रैनादेबी छहरा अम्लाबासका चिरपरिचित ब्यक्ति थिए माधब घिमिरे । ग्रामीण क्षेत्रको बिकासका लागी खट्ने स्थानीय समाजसेबी घिमिरे त छैनन तर उनी मरेर गएपनी उनैले आफ्नो गाउको रेकसल्लेरी सामुदायीक बनमा हुर्काएका बोटबिरुवा र जडीबुटीले भने मज्जाले हागा हालेर मौलाइरहेका छन् ।

५८ बर्षको उमेरमा बिभिन्न रोगबाट ग्रसीत घिमिरेको मुत्यु भएको २ बर्ष भएपनी स्थानीय क्षेत्रको बन र कृषीमा उनले पुर्याएको योगदानको चर्चा भने हुन छाडेको छैन

लामो समय बनको अध्यक्ष भएर राष्ट्रिय स्तरको पुरस्कार समेत प्राप्त गर्न सफल हुनुभएको थियो , घिमिरेका माइला भाइ भोजराज घिमिरेले भने – सल्लेरी प्रावीको अध्यक्ष देखी बिभिन्न सघंसस्थाहरुमा सक्रिय रुपमा सहभागीता जनाउने स्वभाबले उहाबाट छुट्टै खालको प्रेरणा मिल्ने गर्दथ्यो । ”
अहिले पाल्पा जिल्लाको पश्चिम क्षेत्रमा छहरालाइ सुन्तलाको हब पनी मानिन्छ । सोही ठाउबाट ब्यबसायीक रुपमा सन्तलाखेती गर्नुपर्छ भन्दै अगाडी बढेका उनी लामो समय आफ्नै घरको पसलमा पनी सक्रिय रहे । यदपी सरल स्वभाबका उनी धर्म संस्कृती संरक्षणसगै हरेक क्षेत्रमा आफुलाइ स्थापीत गराउदै जान सफल पनी भए ।

गाउगाउका बनमा पुगेर जडीबुटी संकलन गरी ब्यबसायीक सोच बनाएका घिमिरे पछिल्लोबर्ष सुगर,प्रेसर जस्ता बिभिन्न रोगका कारण पदमा रहेका थिएनन ।

पाल्पाबाट बसाइसरे पनी उहाको मन गाउमै थियो , स्थानीय टिकाराम प्रोख्रेल भन्छन – अहिलेको कोभिडले पनी गाउमै केहि गर्नुपर्छ भन्ने पाठ सिकाएको छ तर उहामा शुरुदेखी नै आफ्नौ गाउठाउको बिकास गर्न सके त्यसै समुन्नत हुन सकिन्छ भन्ने धारणा थियो ।

” कृषी र ब्यबसायमा रमाएका उनको दोस्रो बार्षीक पुन्य तिथीमा श्रीमती साबित्रा घिमिरे र छोरा सुवास घिमिरेले मानबसेवा आश्रम बुटवलमा
बिहिबार भोजनसेवा समेत गराएका छन ।

 
 
  
 

You may also like