डेनमार्कलाई हराउँदै इङल्याण्ड युरोकप इतिहासमा पहिलोपल्ट फाइनलमा

काठमाडौं । युरोकप इतिहासमा डेनमार्कलाई हराउँदै पहिलोपल्ट इङ्ल्याङण्डमा फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्डले फाइनलमा यात्रा तय गरेको हो ।

सन् १९६० देखि शुरु भएको युरोकपमा इङ्ल्याण्ड फाइनलसम्म पुग्न सकेको थिएन । डेनमार्कले भने सन् १९९२ मा उपाधि उचालेको थियो । इङ्ल्याण्डले सेमिफाइनलको दोस्रो खेलमा डेनमार्कमाथि जित निकाल्दै इटालीसँगको उपाधि भिडन्त पक्का गरेको हो । वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्याण्डलाई जित दिलाउन ह्यारी केनले एक गोल गरे । एक गोल इङ्ल्याण्डले आत्मघाती उपहार पाएको थियो ।

खेलमा शुरुवाती अग्रता भने डेनमार्कले बनाएको थियो । डेनमर्काका लागि खेलको ३० औं मिनेटमा मिकेल डम्सागार्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले फ्री किकमार्फत गोल गरेका हुन् ।

३९ औं मिनेटमा इङ्ल्याण्डले आत्मघाती गोलमार्फत बराबरी गर्ने मौका पायो । डेनमार्कका सिमोन काजेरले इङ्ल्याण्डका रहिम स्ट्रर्लिङले हानेको बल बचाउ गर्न खोज्दा गोलमा परिणत भएको थियो । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको इङ्ल्याण्डले दोस्रो हाफमा गोल गर्न सफल भएको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरी सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा इङ्ल्याण्ड गोल गर्न सफल भयो । खेलको १०४ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई जित दिलाएका थिए । इङ्ल्याण्डले अब फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

 

 
 
  
 

You may also like