बुटवल -पाल्पा सडक खण्डमा टिप्पर दुर्घटना , एक जनाको मृत्यु

बुटवल। सिदार्थ राजमार्ग बुटवल -पाल्पा सडक खण्डमा पर्ने पाल्पाको चराचरेमा टिप्पर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। तिनाउ गाउपालिका वार्ड नम्बर ५ चारचरे कालिमाटीमा आज बिहान टिप्पर दुर्घटना भएको हो।

खानीबाट चुनढुंगा बोकेर बुटवलतर्फ आउंदै गरेको लु २ ख ८२० नं. को उक्त टिप्पर सडकबाट १५० मिटर तल तिनाउ नदिमा खसेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए छ ।

दुर्घटनामा परि टिप्पर चालक पाल्पाको पुर्वखोला गाउंपालिका वडा नं. ५ विरकोट बस्ने ३६ वर्षिय सुदिप गैरेको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।
गम्भिर घाईते गैरेलाई पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि पठाईएकोमा अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
टिप्पर तिनाउ नदिमा खसेर अगाडीको भाग पुरै डुबेको अवस्थामा भेटिएको कारण टिप्परका सहचालक वा अरु कोहि भएनभएको बारे जानकारी नभएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like