पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्याँस प्रतिसिलिण्डर २५ रुपैयाँ महँगियो

काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्ष ०७७–७८ का लागि मंगलबार अन्तिम पटक मूल्यवृद्धि गरेको छ । यस पटक पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्याँस गरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको यस्तो निर्णयले बजारमा महँगी बढ्ने सरोकारवाला बताउँछन् ।

आयल निगमले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा दुई–दुई रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय २९, डिजेल र मट्टीतेल समान एक सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ । आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्याँस प्रतिसिलिण्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको छ ।

 

 
 
  
 

You may also like