बेल्जियमलाई हराउँदै इटली युरोकपको सेमिफाइनलमा

काठमाडौं। बेल्जियमलाई हराउँदै इटली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गए राति जर्मनीको एलिनाज स्टेडियममा भएको खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटली अन्तिम चारमा प्रवेश गरेको हो ।

इटलीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक÷एक गोल गरे । यस्तै बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । यो जितसँगै इटलीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । अब इटलीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । गए राति भएको स्पेन र स्विट्जरल्याण्डको खेल निकै रोमाञ्चक हुँदै पेनाल्टी सुटआउटमा पुगेको हो । खेलको आठौं मिनेटमा नै स्विट्जरल्याण्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक–शून्यले अगाडि रहेको थियो । त्यसपछि खेलको ६८ औं मिनेटमा स्विट्जरल्याण्डले गोल गर्दै बराबरीमा राख्यो ।

स्विट्जरल्याण्डका रहेको फ्रियुलर रेड कार्ड पाउँदै मैदान बाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो । खेलको एक सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

 

 
 
  
 

You may also like