शुरू भएन कांग्रेस बैठक, देउवा–पौडेल आ–आफ्नै समूहको छलफलमा

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक अझै शुरू भएको छैन । दिउँसो २ बजे बोलाइएको बैठक तीन घण्टा बित्दा समेत शुरू हुन नसकेको हो ।

क्रियाशील सदस्यता छानवीन सम्बन्धमा बनाउने मापदण्ड विवादका कारण बैठक बस्न नसकेको बताइएको छ । महाधिवेशन कार्यतालिका अनुसार समितिले केन्द्रीय समितिलाई असार २० भित्र क्रियाशील सदस्यताको सूची बुझाउनुपर्ने हुन्छ ।

निर्धारित समयमै केन्द्रीय कार्यालय सानेपा पुगेका शीर्ष नेताहरू अहिले गुटको बैठकमा छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू आ–आफ्नो कार्यकक्षमा छुट्टाछुट्टै छलफलमा रहेको नेताहरुले बताएका छन् ।

क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, मापदण्ड निर्धारण, समायोजनलगायतका विषयमा सहमति जुटेपछि बैठक शुरू हुने कांग्रेस नेताले बताएका छन् । हिजोका लागि डाकिएको बैठक स्थगित गरी आज तय गरिएको थियो ।

 

 
 
  
 

You may also like