सहस्रनगर तेक्वान्दो डाेजाङलाई खेलकुद सामग्री हस्तान्तरण

स्वस्तिक श्रेष्ठ
बुटवल। बुटवल उपमहानगरपालिका वडा नं ३ कार्यालयले सहस्रनगर टोल तथा सहस्र तेक्वान्दो डाेजाङलाई खेलकुद सामग्री वितरण गरेको छ । खेल र खेलाडीको विकासमा सहयोग गर्ने उदेश्यका साथ सहस्रनगर तेक्वान्दो डाेजाङलाई वडा नं ३ ले करिब १८ हजार रुपैया बराबरको खेलकुद सामग्री वितरण गरिएको हो ।

वडा न ३ का कार्यावाहक अध्यक्ष लिला प्रसाद श्रेष्ठ, महिला जन प्रतिनिधि सरस्वती कुवर, सुमित्रा बि.क.ले सहस्रनगर टाेल बिकास संस्थाका अध्यक्ष नामदेव न्यौपाने, संस्थाका सल्लाहकार अम्मर खडका, सहस्रनगर युवा क्लबका अध्यक्ष राजकुमार पाण्डेलाई सामग्री हस्तान्तरण गरेका थिए ।

वडा न ३ का कार्यावाहक अध्यक्ष लिला प्रसाद श्रेष्ठले युवा खेलाडी विकास गर्न स्थानिय पालिकाहरुको सहयोग जरुरी हुने बताए ।वडा नं ३ का कार्यालय सचिव पुनम कुवरले वार्षिक कार्ययोजना बनाएर कार्यालयबाट पुर्वाधार विकास र क्षमता विकासमा सहयोग गर्दै आएको बताईन।
सहस्रनगर युवा क्लबका अध्यक्ष राजकुमार पाण्डेले क्षमतावान खेलाडीहरु पहुच र आफन्तबादका कारण पछि परेको भन्दै सरकारबाट आवश्यक सहयोग नमिलेको दुखेसो गरे ।

 
 
  
 

You may also like