लियो क्लब अफ बुटवलको ३७ औ अध्यक्षमा रमेश न्यौपाने

बुटवल।पश्चिम नेपालकै पुरानो तथा चर्चित लियो क्लब अफ बुटवलको ३७ औ अध्यक्षमा युवा ब्यबसायी रमेश न्यौपाने चयन भएका छन ।
लियो क्लब अफ बुटवलले सोमबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी न्यौपानलेलाइ पद हस्तान्तरण समेत गरेको छ ।
सामाजीक दुरी कायम गरी सम्पन्न भएको उक्त कार्यक्रममा बर्ष २० ÷२१ का अध्यक्ष हिमालय भुषालले बर्ष २१÷२२ का रमेश न्यौपानेलाइ पद हस्तान्तरण गरेका हुन । कार्यक्रममा प्रमुख अतिथी लायन्स जिल्ला परिषद ३२५ बि २ का डिजास्टर रेस्क्यु चिफ अर्जुनमान सैजु तथा लायन्स लायनेस तथा लियो जिल्ला परिषद तथा क्लबका साथै सिमित पदाधिकारीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले क्लबले पछिल्लो समय गरेका बिभिन्न सामाजीक कामहरुको बारेमा खुलेर प्रशंसा गरेका थिए भने क्लबलाइ बिगतदेखी नै योगदान पुर्याउदै आएका ब्यक्तिहरुलाइ सम्मान समेत गरिएको थियो ।
यस्तो रह्यो भुषालको कार्यकाल

बर्ष २० ÷२१ का अध्यक्ष भुषालले आफ्नो कार्यकाललाइ सफल तुल्याउन योगदान गरेका बिभिन्न ब्यक्ति तथा सघंसस्थाहरुलाइ धन्यबाद दिदै आगामी दिनमा क्लबलाइ नया उचाइमा पुर्याउन हातेमालो गरेर अगाडी बढ्ने बताए । क्लबले कोरोना महामरीका बिचमा पनी आफ्नो सक्रियतालाइ निरन्तरता दिएको थियो । अक्सिजन सिलिन्डर बितरणदेखी जिल्लास्तरीय टेबल टेनिस प्रतीयोगीता सम्पन्न गरेको क्लबले बृक्षारोपण आखा शिबिर खाधान्न बितरणलाइ पनी प्रभाबकारी ढङगले काम गरेको निबर्तमान अध्यक्ष भुषालले बताए । उनले युवाहरुलाइ लक्षीत गर्दै बिभिन्न तालीम गोष्ठीहरु आयोजना गरेको बताउदै अग्रजहरुको सल्लाह सुझाबकै आधारमा कोरोना महामारीका बिचमा क्लबले सक्दो सहयोग गरेको जनाए ।

 
 
  
 

You may also like