१८ औ राष्ट्रिय धान दिवस : कृषिमा प्रविधि अनिवार्य

स्वस्तिक श्रेष्ठ
बुटवल।१८ औ राष्ट्रिय धान दिवसको अवसरमा रुपन्देहीको उद्यमशिल टोल विकास संस्था, तिलोत्तमा १० मा मेशिनबाट धान रोपाई गरिएको छ ।

प्रविधिमा आधारित कृषि, आत्मनिर्भरता र समृद्धिको नारा बोकेको संस्थाले अघिल्लो वर्षदेखि मेशिनबाट धान रोप्न लागेको हो । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले मेशिनबाट धान रोपेर औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गर्दै कृषिमा नया प्रविधि र विकास जरुरी रहेको बताए ।

उद्यमशिल टोल विकास संस्थाका अध्यक्ष घनसिह पुनले ब्यवहारिक रुपमा प्रविधियुक्त रोपाई देखाउन पनि कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । परम्परागत खेतिबाट किसानलाई श्रम बढी र आर्थिक रुपमा घाटा रहेको भन्दै उनले कृषिमा आधुनिकता र मेशिनको प्रयोग जरुरी रहेको बताए ।
बजारमा विभिन्न किसिमका पेडि रोपर मेशिनहरु भित्रिएका छन ।

नेपालमा मनमीत श्री ट्रेनिङले कृषिजन्य प्रविधिहरु भित्राएर किसानलाई साथ दिदै आएको छ । मनमीत श्री ट्रेनिङका संचालक उदय कुमार सिहले कृषिलाई आधुनिकता ल्याउने नया नया प्रविधि प्रयोगबारे किसानलाई सिकाउदै आएको बताए । शक्तिमानको पेडि रोपर ३७ नामको यो मेशिन एउटा अत्याधुनिक मेशिन हो जसको माध्यमबाट एउटा सिधा लाईनमा धान रोप्न सकिन्छ । परम्परागत खेति गर्दा २० जनाले दिनभरिमा १ विगाहा धान रोप्न सक्छ भने यो मेशिनको प्रयोगबाट एक जनाले एक दिनमा ५ विगाहा रोप्न सकिने छ ।

प्रतिघण्टा १० कठ्ठा क्षेत्रफलमा रोपाई गर्न सकिने उनले बताए । मेशिन करिब ६ लाख रुपैया पर्ने उनले बताए । स्थानिय अभियन्ता डा दामोदर भुषालले किसानका लागि बिउ खरिददेखि कृषि उत्पादन र बजारीकरणसम्म धेरै समस्या रहेको बताए । उनले समाधान गर्न सरकारको सहयोग जरुरी रहेको बताए। प्रविधि किन्नका लागि किन्ने भन्दा पनि ब्यवहारिकताबारे अध्ययन गर्न जरुरी रहेको बताए । समुहमा रहेका किसानहरु करिब ५ विगाहा क्षेत्रफलमा चकलाबन्दी खेती गर्दै आएको उनले बताए ।

बीउ बनाउन ढिलाई हुदा रोपाईमा समस्या भएको उनले बताए । संस्थाका सचिव शिव प्रसाद ढकालले संस्थामा १ सय १४ घरधुरि छन ।

 
 
  
 

You may also like