रुपन्देहीमा कोरोना संक्रमण फेरि बढ्दै , आज ३६ जना संक्रमित , ५ जनाको मृत्युु

बुटवल ।रुपन्देहीमा केही दिन देखि कोरोना संक्रमण बढीरहेको छ ।

स्वस्थ कार्यलयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३ जनालाई परिक्षण गर्दा ३६ जनामा संक्रमीत थपिएका छन । पछिल्लो ५ दिनमा सात गुणाले रुपन्देहीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वस्थ कार्यलय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको ज्यान गएको छ।

स्वस्थ कार्यलय रुपन्देहीका अनुसार बुटवलका १४ जना, तिलोत्तमाका ९ जना, सियारीका एक जना, देवदहका २ जना, सैनामैनाका एक जना, ओमसतियाका १ जना, कञ्चनका ३ जना, रोहिणीका २ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकाका १ जना र शुद्धोधनका १ जना रहेका छन् ।

योसँगै जिल्लामा २ सय १५ जना सक्रिय संक्रमित पुगेका छन् ।

 
 
  
 

You may also like