रुपन्देहीमा असार २१ गते सम्म निषेधाज्ञा थपियो ,जोर–विजोर प्रणालीमा सार्वजनिक सवारी चल्ने

बुटवल । रुपन्देहीमा जारी निषेधआज्ञा थप खुकुलो पार्दे आगामी असार २१ गतेसम्मका लागि थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को सोमबार बसेको बैठकले थप खुकुलो बनाउँदै असार २१ गते सम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

थपिएको निषेधाज्ञामा जोरविजोर प्रणालीमा सार्वजनिक यातायातलाई सञ्चालन गर्न दिने निर्णय डीसीसीएमसीले गरेको छ । सार्वजनिक सवारी साधनमा सिट क्षमताको आधा मात्र आत्रु राख्न पाईने र चालक तथा सहचालकले स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।

यस्तै माछा मासु तरकारी फलफुल दुधजन्य साम्रगीहरु स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी बिहान ५ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको छ । भने अन्य व्यवसायहरु ११ बजेदेखि ६ बजेसम्म संचालन गर्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले यसअघि असार ७ गते एक साताको लागि लम्ब्याएको निषेधाज्ञामा नीजि सावारीलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

 
 
  
 

You may also like