स्वस्तिक श्रेष्ठ
बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ८२ नियमित बैठक तथा संयुक्त एसेम्बली सम्पन्न भएको छ । क्लबको वर्ष २०२०-२०२१ र २०२१-२०२२ अन्तरगत क्लब एसेम्बली भर्चुअलमार्फत गरिएको हो ।
क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड संक्रमणको पहिलो चरणसंगै आफ्नो कार्यकाल शुरु हुदा धेरै वार्षिक कार्यक्रमहरु प्रभावित भएको बताए । कोभिड संक्रमणका बेला समयसापेक्ष
अटिजम बालबालिकाको स्वस्थ्य अवस्था, आम नागरिकमा कोभिड संक्रमणको मानसिक असर, विजनेश ब्यवस्थापनमा समस्या र समाधानका विषयमा विज्ञ, चिकित्सकहरुको उपस्थितमा कार्यक्रमहरु गरिएको उनले बताए । विभिन्न सामाजिक संघसंस्थाहरुसंग सहकार्यमा कोभिड संक्रमण सचेतना र रोकथाममा कार्य गर्न सफल भएको बताए । पछिल्लो २ महिना कोभिड संक्रमणको दोस्रो लहरको अवधिमा धेरै सदस्यहरु संक्रमित हुदा भौतिक र भर्चुअल कार्यक्रम गर्न नसकिको उनले बताए । यसैगरि आफ्नो कार्यकालमा होलि मिलन अन्तरगत सिग्नेचर प्रोजेक्टमा गुल्मीको विद्यालय भवन रंगरोगन गरेको उनले बताए । आरआई निर्देशन अनुसार सबै कामलाई निरन्तरता दिएको भएपनि ग्लोबल ग्रान्ट, डिष्ट्रिक ग्रान्टको कार्यक्रम गर्ने निक्कै प्रयास गरेपनि त्यो सफल नभएको उनले दुखेसो गरे । पुर्व अध्यक्षबाट ल्याईएका दमकलको परियोजनालाई अगाडि बढाउन उनले सुझाव दिए ।
वर्ष २०२०-२०२१ का एसाईन एजी हरि प्रसाद पौडेलले पहिलो क्लब एसेम्बली क्लबको मार्ग निर्देशन गर्ने र वर्षभरि गर्ने कार्ययोजना बनाउने रुपमा रहेको बताए । ठूलो परियोजना नगरेपनि साना साना परियोजना गरि मिडियामा वर्षभरि नै छाएर पब्लिक ईमेज बनाउन क्लब सफल भएको उनले बताए ।
रोटरी वर्ष २१-२२ का एसाईन एजी देवि गुरुङले क्लबको रणनीतिक योजना बनाउन सुझाव दिईन । क्लबलाई अबको पाच वर्षमा कहाँ लग्ने त्यो योजना नेतृत्वबाट बनाउन सुझाव दिदै क्लबको बजेट बनाउदा अन्य क्लबहरुसंग सहकार्यमा हुने कार्यक्रमलाई समेट्न सुझाव दिईन। समाज विकासका लागि ७ वटा फोकस एरियालाई समेटिएको कार्यक्रमहरु ल्याउनुपर्ने उनले बताईन ।
वर्ष २०२१-२०२२ का अध्यक्ष विष्णु प्रसाद चापागाईले आफ्नो कार्यकालमा गर्ने योजनाका बारेमा बताउदै नियमित बैठकहरुका साथै वृक्षारोपण, रक्तदान, डाईरेक्टरी, सदस्यता, नया सदस्यता परिचय, स्वस्थ्य शिविर, पोलियो डे, कोभिड सचेतनाका कार्यक्रम लगायत गर्ने प्रतिवद्घता जनाए। शतप्रतिसत पिएचएफको लक्ष्य अघि बढाउने उनले बताए । सदस्यहरुको क्षमता अनुसार नै कार्य विभाजन गरेर अघि बढ्ने उनले बताए ।
क्लबका पुर्व अध्यक्ष कृष्ण प्रसाद शर्मा, बालकृष्ण अर्याल, नवीन श्रेष्ठ, रमेश खनाल, सचिव दिपक भट्टराई, कोषाध्यक्ष निरज श्रेष्ठ,
शंकर पाण्डेले सदस्यहरुको सक्रियतामा जोड दिए।
रोटरी तिलोत्तमा रुपन्देहीको संयुक्त क्लब एसेम्बली
71
previous post