निष्पक्ष अनुसन्धानको लागि सभामुखले पदबाट बाहिर रहनु पर्ने – गगन थापा

by समतल अनलाइन

बुटवल। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन कुमार थापाले संघीय ससंदका सभामुख कृष्ण बहादुर महरालाई जवरजस्र्तीकरण सम्बन्धी लागेको आरोप गम्भिर भएकाले निष्पक्ष छानविन गर्नु पर्ने बताउँनु भएको छ । यो देशकै प्रतिष्ठा सँग जोडिएको कुरा भएको उँहाले बताउँदै निष्पक्ष अनुसन्धानको लागि सभामुखले पदबाट बाहिर रहनु पर्ने बताउँनुभयो । मंगलबार रिपोर्टस क्लब प्रदेश ५ बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उँहाले सभामुखले पदबाट बाहिर रहेर निष्पक्ष छानविन गर्नको लागि सहयोग पुराउँनु पर्ने बताउँनु भएको छ ।

नेपालको प्रचलित कानूनमा रहेर घटनाको छानविन गर्नु पर्ने थापाले बताउँनुभयो । कानून भन्दा माथि कोही हुँदैन उँहाले भन्नुभयो आम मानिस जस्तै महरा माथि अनुसन्धान गर्नु पर्ने थापाले बताउँनुभयो ।

सभामुख महरालाई लागेको आरोप गम्भिर हो उँहाले भन्नुभयो यो सुनेपछि आफुपनि स्तब्ध बनेको थापाले बताउँनुभयो । बिज्ञप्तीको भरमा केशलाई डिशमिस गर्ने प्रयास नहोस थापाले भन्नुभयो तल्लो तहसम्म गएर अनुसन्धान गर्नु पर्नेमा जोड दिनुभयो । सभामूखले यो समयमा पदबाट अलग भएर प्रशासनलाई अनुसन्धान गर्न सहयोग गर्नु पर्ने थापाको भनाई छ ।

पछिल्लो घटना क्रमबाट नेपाल प्रहरीले आफ्नो शाख गुमाएको उँहाले आरोप लगाउँदै प्रहरीले आफ्नो शाख कायम गर्नको लागि यो मौंका समेत रहेको बताउँनुभयो । अहिले प्रहरी प्रशासनलाई निष्पक्ष अनुसन्धान गर्नको लागि मौंका भएको बताउँनु भयो । प्रहरी प्रशासनले सभामूखको घटनामा निष्पक्ष छानविन गरि दुधको दुध पानीको पानी गराउँन सक्नु पर्ने बताउँनुभयो । सबैको आँखा अब प्रहरी प्रशासनमा रहेको छ थापाले भन्नुभयो प्रहरीले कसरी अनुसन्धानलाई अगाडी बढाउँछ भनेर जनताले हेरेको छ ।

 
 
  
 

You may also like