रुपन्देहीमा पछिल्लो २४ घन्टामा २७ संक्रमित थपिए , मृत्यु हुनेको संख्या शुन्य

बुटवल । ​रुपन्देहीमा कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो २४ घण्टाको अवधीमा २७ जनामा संक्रमण पुष्टि भएको छ भने २४ जना निको भएका छन् । १८७ जनाको नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो ।

​रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट कुनैपनि संक्रमितको ज्यान गएको छैन । जिल्लामा अहिलेसम्म जिल्लामा ४८२ जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २०३ रहेको छन् ।

 
 
  
 

You may also like