कञ्चन गाउपालिको बजेट ६३ करोड,शिक्षा,कृषि र भवन तथा शहरी बिकास योजना बिशेष प्राथमिकतामा

कञ्चन ।रुपन्देहीको कञ्चन गाउपालिकाको आ.ब. २०७८/०७९ का लागि ६३ करोड ३८ लाख ३५ हजार रुपैयाको बजेट सार्बजनिक भएको छ। गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले आ.ब. २०७८/०७९का लागि बजेट प्रस्तुत गर्दै कञ्चनको समग्र बिकासको आधार शिक्षा,कृषि र भवन तथा शहरी बिकासलाई बिशेष प्राथमिकतामा राखी बजेट बिनियोजन गरेको जानकारी दिइन।
गाउपालिकाको नवौं गाउसभामा आ.ब. २०७८/०७९को बजेट प्रस्तुत गर्दै उपाध्यक्ष तथा बजेट योजना तर्जुमा समितका संयोजक तरामुले चालु आ.ब. २०७७/०७८ सम्म गाउपालिका भित्र ५५ कि.मी. सडक कालोपत्रे र २ सया कि.मी. सडक ग्राभेल भएको र गाउपालिकाको ४ वटै वडा कार्यलय भवनहरु निर्माण सम्पन्न भएको समेत जानकारी गराएकी थिइन।
कञ्चनको शैक्षिक गुणस्तरलाई बृद्धि गर्न र सामुदायिक बिधालयहरुको भौतिक पुर्वाधार बिकास तथा बिधालयहरुमा नबिनतम प्रबिधिको प्रयोग मार्फत शिक्षण सिकाईमा आधुनिक व्यबस्थाको सुरुवात गर्न लगायत समग्र शैक्षिक बिकासका लागि उपाध्यक्ष तरामुले २ करोड ६ लाख ५० हजार बजेट विनियोजन गरेका छन। यसैगरी स्थानिय सडक तथा पुलपुलेसा निर्माणका लागि २ करोड २४ लाख ४० हजार रुपैया बजेट व्यबस्थापन गरेको उपाध्यक्ष तरामुले जानकारी दिइन ।
गाउपालिकालाई कृषिमा आत्म निर्भर र व्यबसायिक तथा उत्पादनमुलक कृषिमा किसानहरुलाई प्रोत्साहन गरी कृषिमा आकर्षण गर्न कृषि तथा पशु क्षेत्र तर्फ २ करोड ८ लाख रुपैया बजेट बिनियोजन भएको छ भने युवाहरुलाई उधमशिल बनाई स्वरोजगार बन्नमा अभिप्रेरित गर्न आ.ब. २०७८/०७९ मा पनि अध्यक्षसंग युवा इलम कार्यक्रमलाई निरन्तरता दिन २५ लाख रुपैया बजेट व्यबस्थापन गरेको उपाध्यक्ष तराुमले जानकारी दिए ।
यसैगरी लैंगिक समानता तथा सामाजिक समाबेशीकरण अन्तर्गत अपांगता पुनस्र्थपना,कञ्चन दलित जागरण संस्था,आमा समूहहरुलाई भांडा तथा फर्निचर बितरण,महिला शसक्तीकरण,दलित लक्षित कार्यक्रम संचालन गर्न लगायत सम्पुर्ण सामाजिक बिकास क्षेत्रको लागि ३ करोड ३३ लाख रुपैया बजेट विनयिोजन भएको छ भने जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम संचालन गर्न,स्वास्थोपचार गर्ने संस्कारको बिकास गर्ने वातावरण सृजना गर्न,कुपोषित बालबालिकाहरुको पहिचान गरी पोषण सुधार गर्न,सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम संचालन,योग शिविर संचालन,किशोर किशोरीलाई लागु औषध दुव्र्यशनीको कुलतवाट टाढा राख्न बिभिन्न प्रशिक्षण कार्यक्रम संचालन लगायत स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गर्न उपाध्यक्ष तरामुले ६६ लाख ६० हजार रुपैया बजेट विनियोजन गरेका छन।
आ.ब. २०७८/०७९का लागि बजेट प्रस्तुतको क्रममा उपाध्यक्ष तरामुले खानेपानी तथा सरसफाई,संस्कृति प्रबद्र्धन,खेलकुद तथा मनोरञ्जन र पर्यटनको क्षेत्रमा ८६ लाख ५० हजार रुपैया विनियोजन गरेका छन भने गाउपालिकामा सिंचाईको सुबिधाको व्यबस्था गर्न,स्यालो ट्युवेल,पम्पसेट खरिद गर्न,गाउपालिकाको बिभिन्न स्थानहरुमा लिफ्ट सिंचाई योजना निर्माण लगायतमा ५६ लाख ५० हजार रुपैया व्यबस्था गरेका छन।
स्थानिय संचार गृह कञ्चन सामुदायिक संचार संस्थाको भवन निर्माणका लागि उपाध्यक्ष तरामुले ५ लाख रुपैया विनियोजन गरिरहदा बिभिन्न संघसंस्थाका सामुदायिक भवनहरुको अधुरा काम समपन्न गर्न,एक वडा एक सभाहल निर्माण, फिटनेस सेन्टर हल निर्माण,थारु जातीको भेषभुषा र धर्म संस्कृति संरक्षण र सम्बद्र्धनका लागि थारु संग्राहलय निर्माण लगायत बिभिन्न निर्माण संरचनाका लागि ११ करोड ३४ लाख ३५ हजार रुपैया बिनियोजन गरेका छन।
यसैगरी आ.ब. २७८/०७९का लागि बजेट प्रस्तुत गर्दै उपाध्यक्ष तरामुले बन तथा भु संरक्षण,जलाधर संरक्षण ,वातावरण संरक्षण जलवायु परिवर्तन,फोहोर मैला व्यबस्थापन,जलउत्पन्न,बिपद व्यबस्थापन लगायतका लागि करिब ८५ लाख रुपैया,सुशासन तथा संस्थागत बिकासका लागि १ करोड ८ लाख ५० हजार रुपैया विनियोजन गरेका छन।

 
 
  
 

You may also like