ओली सच्चिएर आए स्वागत नै छ : माधव नेपाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीका कारण देश संकटमा परेको र आफूहरूले संकटबाट देशलाई जोगाउने प्रयास गरिरहेको बताएका छन् । ‘देश संकटमा गयो । भड्खालोमा जानबाट जोगाउनु पर्‍यो,’ उनले भने ।

आज (बिहीबार) सम्पादकहरूसँगको छलफलमा नेता नेपालले ओली दक्षिणपन्थी दिशामा लागेको आरोप लगाउँदै कोर्ष करेक्सन गर्न आफूहरू लागिरहेको बताए । उनले ओली सचिएर आए स्वागत गर्नपर्ने धारणा राखेका छन् ।

उनले देश जोगाउने जिम्मेवारी राजनीतिक दल र मिडियाकर्मीको समेत भएको बताएका छन् । छलफलमा नेता नेपालले आफूहरु अहिले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु पर्ने बेला भएकाले सबैको हातेमालो आवश्यक रहेको बताएका हुन् ।

‘देश जोगाउने अभिभारा तपाईहरुको हो, हाम्रो हो, हामी सबैको हो’, नेता नेपालले भने । ‘देशमा गणतन्त्र आएको छ, संघीयता आएको छ । जनताको चेतना प्रखर भएको छ । सुशासनको प्रत्याभूति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई सम्मृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव नै हुननसक्ने चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै हो । यो कोर्स करेक्सन गरौ । त्रुटि कमजोरी हुन्छन् सुधार गर्न सकिन्छ’, नेता नेपालको भनाइ छ ।

 

 
 
  
 

You may also like