युरोकप : जर्मनी नकआउट चरणमा प्रवेश, हङ्गेरी बाहिरियो

काठमाडौं। जर्मनी १६ औं युरोकप फुटबल अन्तर्गत नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मनीले हङ्गेरीसँग बराबरी खेल्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

एलिजान एरिनामा भएको खेलमा जर्मनीले हङ्गेरीसँग २–२ गोलको बराबरी खेलेको हो । हङ्गेरीले पहिलो हाफको लिएको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।

हंगेरिका लागि खेलको ११ औं मिनेटमा एदाम साजालीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । जर्मनीका लागि खेलको ६६ औं मिनेटमा केइ हाभेर्टेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । ६८ औंं मिनेटमा हङ्गेरीका लागि आन्द्रस साहाफेरले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए ।

८४ औं मिनेटमा जर्मनीका लागि लेओनले गोल गर्दै मर्जमनीलाई अन्तिम १६ मा पुग्न सहयोग गरे । जितसँगै जर्मनी समूहको दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुग्यो । यता हङ्गेरी भने समूह चरणबाटै बाहिरिएको छ ।

 
 
  
 

You may also like